Pages

पेज

Saturday, 21 July 2018

डा. गोविन्द केसी र उनका सहयोगी माथि दमन

चानक्य भन्छन “बिनास काले बिपरित बुद्धि”
धेरै नेपालबासी गुनासो गर्दै छन्
बर्तमान सरकार अन्धो छ जनताको दुख: आबस्यकता देख्दैन
सरकार बहिरो छ जनताको पुकार सुन्दैन
सरकार को दिमाग र ह्रदयमा समन्वय छैन
बर्तमानमा चाहिने कुरो र काम गर्दैन
ठुलठुलों कुरा गर्छ र जनताले सरकार पागल भयो भन्छ|
Image may contain: one or more people
के आज प्रो. डा. गोविन्द केसीले स्वास्थ्य शिक्षा र सेवामा सुधारको माग गरेको गलत हो?
के हिजो मधेसका जन्ताले अधिकार, सामाजिक न्याय, समानताको माग गरेको गलत हो?
के भोलि अर्का डा. गोविन्दले काठमांडूको बताबरणमा सुधारको माग गर्दा गलत होला?
के भोलि अर्का डा. गोविन्दले मधेसमा बाढी नियन्त्रण र ब्यबस्थापनको को माग गर्दा गलत होला?
के बिगत ३-४ बर्ष देखि सरकारको पुलिसले मधेशी जनता मा दमन, क्रुर ब्यबहार र हत्या गरेको सहि हो?
के बिगत २-३ बर्ष देखि सरकारको पुलिसले प्रो. डा. गोविन्द केसी तथा उनका सहयोगी माथि दमन गरेको सहि हो?
के केहि दिन अघि जुम्ला अस्पतालभित्र प्रहरीले लाठी र बन्दुकसहित डाक्टर, नर्स र विद्यार्थीलाई घाइते बनाएको सहि हो?
के सरकारले पहिले गरेका निर्णय पालन न गर्ने प्रक्रिया सहि हो ?
dr govind kc nepal
कसले जबाब दिने ? राजनीतिज्ञहरुले जनतालाई शासन गर्न को लागि विभाजित गरेको छ |
साधारण जनतालाई राम्रै आँखा देख्ने, सुन्न सक्ने र बुझ्न सक्ने सरकार चाहिएको छ |
राजनीति होइन अधिकार, सामाजिक न्याय, समानताको को आधारमा शान्ति र बिकास चाहिएको छ|
राम्ररी विचार गर्ने बेला आई सकेको छ|

No comments:

Post a Comment