Pages

पेज

Wednesday, 21 February 2018

बहुचर्चित पत्रकार ,कलाकार घनश्याम मिश्र

वि.सं २०३६ साल मा राजदेब मिश्र र त्रिवेणी देवीको कोख वाट जन्म लिएका घनश्याम मिश्र बाल्यकाल मा कलाकार र अहिले युवा अवस्था मा पत्रकार को रूपमा चरिचित चेहरा छन। तराई मधेश र मिथिला का लागि । बाल्यकाल देखि नै नाट्य र कला क्षेत्रमा आबद्ध भई आफ्नो बहुआयमिक प्रतिभाका कारण मिथिला क्षेत्रमा मात्र नभई देश विदेशमा समेत आफ्नो कलाको प्रदर्शन गर्दै लामो समयदेखि निरन्तर रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल कलाकार घनश्याम मिश्रा कुनै नयाँ नाम होईनन ।Image may contain: 1 person, beard, sunglasses and closeup
विक्रम सम्वत २०४९ सालमै प्राचीन मिथिलाको राजधानी जनकपुरको बहुप्रतिष्ठित र नेपालकै अग्र स्थानमा रहेको संस्था मिथिला नाट्य कला परिषदमा आबद्ध भई सक्रिय रुपमा अभिनय र बाद्य्य बाद्यन (बासुरी)को माध्यमबाट मिथिला र मैथिलीको सेवा गर्दै कला क्षेत्रलाई नै आफ्नो पेशा समेत बनाउनु भएका कलाकार मिश्र हाल सम्म सैकडौ सडक नाटक, दर्जनौ मंचीय नाटक एवं सानो ठुलो गरि दुई दर्जन चलचित्रहरुमा सामान्य भूमिका देखि मुख्य पात्र सम्मको भूमिकामा रहेर आफ्नो व्यक्तित्व निर्माण गर्न सफल कलाकार मिश्र अहिले पनि रेडियो नाटक एवं सडक नाटकहरुमा सक्रिय रहनु भएको छ । बहुमुखी प्रतिभाका धनी कलाकार मिश्रलाई मिथिला क्षेत्रमा हरफन मौला कलाकारको रुपमा पनि चिनिने गरिएको छ । २३ वर्ष देखि अनवरत रुपमा कला क्षेत्रमा लागेका कलाकार मिश्राले नेपालकै नेपाली प्रख्यात चलचित्र सीतामा बाद्यय बाद्यन र अभिनय गरि १३ वर्षकै सानो उमेरमा आफ्नो प्रतिभा देखाई जनकपुर जस्तो मोफसलबाट काम गर्दै राजधानी काठमाण्डौको गुरुकुल देखि लिएर खाडी मुलुकमा आयोजित विभिन्न कार्यक्रममा आफ्नो कला प्रदर्शन गरिसक्नु भएको छ ।
आफ्नो कार्य गराई कै क्रममा भारतको दिल्लीमा गई विभिन्न प्रशिक्षण प्राप्त गरि प्रतिभालाई झनै निखार गर्दै आफ्नो जन्म थलो जनकपुरलाई नै केन्द्र विन्दु बनाई अनवरत रुपमा कलाको प्रदर्शन गर्दै आउनु भएका कलाकार मिश्र नेपालकै बहुप्रतिष्ठित निर्देशक अशोक शर्माको (सीता) ,दिपक रौनियारको (चौकठि, पुजा) , भुषण दाहालको ( हाम्रो टिम ) लगायतका ठुलो पर्दा देखि सानो पर्दा सम्मको यात्रा तय गर्दै ईराकमा १२ नेपाली मारिएको ह््रदय विदारक घटनामा आधारित रहेको चलचित्र १२ नेपाली एक चिहानमा अभिनय गरेका छन । अरुण प्रधानद्दारा निर्देैशित १२ नेपाली एक चिहानमा कलाकार मिश्रा धनुषा महेन्द्रनगर निवासी स्व.मनोज साहको भूमिका देखिएका छन । उनको अभिनय र कलाको जादु फिल्म प्रदर्शन पछि देखिनेनै छन । त्रिभुवन विश्व विद्यालयबाट स्नातक तह सम्म अध्ययन गरेका कलाकार मिश्रा मिथिलामा स्थापित भएको पहिलो रेडियो एफ एम रेडियो जनकपुरमा प्रारम्भ कालदेखि कार्य सुरु गरि हाल जनकपुरको प्रतिष्ठित प्रख्यात एफएम रेडियो मिथिलामा आफ्नो कला प्रदर्शन गर्दै आएका छन । बहुमुखी प्रतिभाकै कारण दर्जनौ सम्मानपत्र एवं पुरस्कारहरुबाट सम्मानित कलाकार मिश्र बीबीसी मिडिया एक्सनद्दारा तयार पारिएको रेडियो श्रृंखला कथा मिठो सारंगीको र सर्च फर कमन ग्राउण्डको सहयोगमा नयाँ संसारद्दारा जारी रहेको रेडियो नाटक संगोरमा मुख्य पात्रको भूमिका निर्वाह गर्दै आएका छन । रेडियो , टेलीविजन र पत्रपत्रिका मा समेत निरन्तर काम गर्दै स्थानीय मुद्दा र सझिया सवालहरु उठान गर्दै १३ वर्ष देखी लागि परेका छन ।
आशा छ मिश्र भविस्यमा पनि कला र सँस्कृति लाई विकाशको  निरन्तरता दिने छन। 


For trade inquiry 
Contact : +9779816832994
Email: KumarAbhijeetAnand@gmail.com
Website : www.myknowledgemeniya.com




No comments:

Post a Comment