Pages

पेज

Wednesday, 21 February 2018

दीपेंद्र साहको नयाँ नेपाली गीत "Sorry Baby" बाज़ार मा सर्वत्र

दीपेंद्र साहको नयाँ नेपाली गीत "sorry baby" रिलीज़ भएको छ। यस अघि साह को मस्त जवानी गीत रिलीज़ भएको थियो। दीपेंद्र साह नेपाली नयाँ उभ्रिरहेको कलाकार को लिस्ट मा आफुलाई अवल पार्न सफल भएको छ। उनको पहिलो नेपाली गीत धड़कन हउ तिमि निक्कै  चर्चा मा आएको थियो। धड़कन हौ  तिमि गीत बाट गायिकी लाइन मा डेब्यू गरेको साह  ले अहिले सम्म तिन ओटा नेपाली गीत हिट पार्ना सफल भएको छ।
                                        दीपेंद्र साहको जन्म जनकपुर को लदोबेला भन्ने गाउँमा माँ भएको छ। सानै देखि साह लाइ गीत संगीत मा  रूचि थियो। सानो हुँदा खेरी साथीहरु सँग गीत गएर खेल्ने गर्थे। उमेर बढ़ने क्रम मा उनको रूचि पनि गीत संगीत तर्फ बढ्दै जादा को नतीजा नै हो उनको यो नेपाली गीत को कोशेलीहरु।
सॉरी बेबी भन्ने गीत मा नव उभृत कलाकार आशीष नापित र नायिका तर्फ मेलिना दुवल रहेको छ। गीत को छायांकन ,निर्देशन र संपादन भने सुरेश काफ्ले ले गर्नु भएको छ।
दीपेंद्र साह  र मेलिना दुवल 
साह को जन्म मधेश मा भये पनि उनको आफ्नो मातृभाषा भन्दा बढ़ी आफ्नो राष्ट्रीय  भाषा को गीत गाउन बढ़ी मन लागेको पाइन्छ। साह लाई उनको साथीहरूले "काले"भन्ने उपनाम दिएको छ। अनुहार को रंग सावला भएको कारन साथीहरूले यो नाम दिएको साहको  भनाइ छ।
आशा छ आउने भविष्य मा दीपेंद्र साह आफ्नो देश को भाषा लाई संगीत को माध्यम बाट देशलाई गौरवाङ्गीत बनाउने छन।

For Business inquiry :
phone : +9779816832994
Email: KumarAbhijeetAnand@gmail.com
Web : www.myknowledgemeniya.com
Current Location : Kathmandu,Nepal

No comments:

Post a Comment