Pages

पेज

Sunday, 18 February 2018

अन्ततः प्रदेश २ को राजधानी जनकपुर हुने प्रायः निश्चित भयो

अन्ततः प्रदेश २ को राजधानी जनकपुर हुने प्रायः निश्चित भयो । प्रदेशसभामा निर्वाचित बहुसंख्यक सदस्यको एकमतका कारण राजधानीको विकल्पका रूपमा अन्य सहर नरोजिने प्रस्ट छ । जनकपुरलाई प्रादेशिक राजधानी बनाउने राजनीतिक प्रयासमा नेपाली कांग्रेसका शीर्ष नेता विमलेन्द्र निधि सफल हुनुभएको छ । संघीयताका लागि प्रदेशको संख्या र सीमा तय भएसँगै उहाँले आवश्यक र उचित संवैधानिक पूर्वाधार बनाउँदै जनकपुरलाई प्रादेशिक राजधानी बनाउने कसरत सुरु गर्नुभएको थियो । Image may contain: outdoor
सविधानमा नयाँ संरचनाअनुसार उच्च अदालत प्रादेशिक राजधानीमा रहने व्यवस्थाअनुसार जनकपुरमा उच्च अदालतको स्थापना गराउनुभएका निधिले प्रादेशिक राजधानीमै प्रादेशिक प्रहरी अर्थात् प्रदेश तहका सुरक्षा संयन्त्र रहने अवधारणाअनुरूप प्रदेश प्रहरी कार्यालय जनकपुरमै खोल्न लगाउनुभएको हो । 
प्रदेशका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन पनि निधिजीका लागि मुख्य प्राथमिकता रहँदै आएको थियो । जसअन्तर्गत उहाँले बन्द अवस्थामा रहेको जचुकालिको संरचनामा सुधार गर्दै मुख्यमन्त्री कार्यालय, मन्त्रालयलगायत प्रदेशका महत्वपूर्ण सरचनाका लागि उपयोग गर्ने ठहर गर्दै त्यस(जचुकालि) लाई कबाडामा बेच्ने षडयन्त्र चिर्दै सरकार अधिनस्थ सम्पत्तिलाई ल्याएर संरक्षण गर्नुभयो । अहिले तत्काललाई जनकपुरमा उपयुक्त संरचनामा प्रदेशसभा सञ्चालन गराउन आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारलाई अग्रसर तुल्याउनुभयो । 
राजधानीका लागि सामान्यतया चाहिने पूर्वाधारको पहिचान र स्थापना गर्ने क्रममा जनकपुरमा एकीकृत सहरी विकासको आयोजना उहाँकै कार्यकालमा आएको हो । जसको निर्माण कार्य यतिबेला तीव्र गतिमा भैरहेको छ । ६ लेनको जनकपुर–ढल्केवर–जटही सडक र जटही नाकालाई भारतको महत्वपूर्ण व्यापारिक बन्दरगाह कोलकातासँग जोड्ने उहाँको प्रयास पनि सफल भएको छ । यो नाकालाई विस्तार गर्ने र आयातनिर्यातको दृष्टिले बृहत् बनाउन उहाँले नेपाल–भारबीच द्विपक्षीय सम्झौता पनि आफ्नै पहलमा गराउनुभएको छ । अबउ उपरान्त यो नाका प्रदेश दुईकै सबैभन्दा ठूलो तथा व्यस्त नाका हुने निश्चित छ । र, कोलकाताबाट नेपालसम्म सामान ओसारपोसार गर्ने सबैभन्दा कम दुरीको नाका हुनेछ । यसले जनकपुरधाम प्रदेश २ मात्रै होइन, देशकै लागि वैदेशिक व्यापार गर्ने ट्रान्जिट बन्नेछ । 
१५ दिने अन्तःगृह परिक्रमा सडकको निमाणका लागि उहाँले थाल्नुभएको प्रयासले मूर्त रूप लिँदैछ । यो सडकले पूर्णता पाएपछि जनकपुरधामको धार्मिक र पर्यटकीय विकासमा टेवा पुग्नेछ । साथै सडकसँग जोडिएका क्षेत्रहरूबीचको अन्तरसम्बन्ध थप बलियो बन्नेछ । 
जनकपुर विमानस्थलको स्तरोन्नतिका प्रयासहरू अन्य दलको सरकार भएका बेला बाधित थियो । तर, कांग्रेस नेतृवको सरकारका बेला श्री निधिजीकै पहलमा यसको स्तरोन्नतिको कार्य सुरु भएको हो । जसले गर्दा जनकपुरधामसँग अन्य ठाउँको हवाइ सम्पर्कमा सहजता थपिनेछ । 
Image may contain: sky and outdoorदुई नम्बर प्रदेशको ग्रामीण भेगलाई जोड्ने हुलाकी सडकको काम पनि उहाँकै कार्यकालमा गति लिएको छ भने बर्दिवास–जनकपुर–जयनगर रेल्वे निर्माणको कार्य जोडतोडका साथ सम्पन्न हुने क्रममा छ ।
तर, राजधानीका रूपमा जनकपुरका अतिरिक्त सर्लाही र वीरगन्जमा सम्भावना खोज्नेहरूले जनतालाई भड्काउने केही मुद्दाबाहेक विकासको फेहरिस्त सुनाउन सक्दैनन् । किनकी उनीहरूले आफ्नो ठाउँका अभाव र पछ्यौटेपनका शिकार जनताका लागि सडक, स्वास्थ्य, शिक्षा, सिँचाइ, खानेपानीजस्ता क्षेत्रमा रत्तिभर विकास गर्न सकेका छैनन् ।
For more

                                                                                                                                          Article by, Jibnath Chaudhary

No comments:

Post a Comment