Pages

पेज

Tuesday, 12 May 2020

काश तिम्रो समानता

काश तिम्रो असमानता
तिम्रो समानताको डोरिमा 
बाँधेको भये प्रभु
सायद यो संसार तिमीलाई 
पक्षपाती भन्थिएन होला
भेदभाव को पराकाष्ठा र उपमा
दिन्थियेन होला
हे देव !
मलाई थाहा छ
केहि न केहि कतै न कतै
सायद यसमा पनि तिम्रो कुनै खेला होला
हामीलाई सताउने हामीलाई अल्झाउने 
यो असमान समाजिकताबाट
 हामीलाई बिउझाउने
तिम्रै लीला होला...
                           
                               ©अभिजीत आनन्द

No comments:

Post a Comment