Pages

पेज

Tuesday, 5 May 2020

केहि थुतुर जनता र कोरोना "लोकडौन" Lockdown

जब आगोको उत्पति भयो अनी ईश्वर यानी भगवानले मनवलाई भन्नु भएको थियो की आगो धेरै विनाशकारी हुन्छन यसलाई छुदा हाथ पोलछन र ज्यान सम्म जान सक्छन।यदि आगो प्रलयंकारी छन भने पूरा सभ्यतालाई सखाप पॉर्न सक्छन।तर मनावलाई भगवानले भनेको कुरामाथि बिस्वाश लागेन र त्यो मानव आगोलाई छुन गयो र उसको हाथ पोल्यो।हाथ पोलेपछि बल्ल उसलाई भगवान ले भनेको कुराको स्मरण आयो र त्यो दिन देखी त्यो मानव सचेत हुन गयो।
वास्तवमा अहिले कोरोना र मानव बीच पनी त्यस्तै संबंध छ। डॉक्टरलाई हामी भगवान भन्दा कम मानेका छनौ । हाम्रो प्रानको रक्षा गर्ने अहिलेको जिउदो भगवान उ नै हुन।
आफु मरी-मरी 12 घंटा यदि एमरजेंसी छ भने 24 घण्टा सम्म अहिले यो भिसम परिस्थितिमा काम गर्दै आएका छन। कोरोना को लागी ppe किट को protection लगयेपछि त ख़ान,लाउन त परै जाओस दिशा,पिशाब पनि त्ययै ड्रेस मै गर्नु पर्छ। 
हाम्रो लागि डॉक्टर ले यति गरेपनी हामीलाई केहि मतलब छैन। लोकडौन को कुनै वैल्यू छैन। डॉक्टर ले बारम्बार हामी जनतालाई वार्निंग दिदै छन की "घरमै बसौ बाहिर बिना एमरजेंसी मा बाहिर न निस्कौ" ,तर हाम्रो कथा त्यो आगो र मानब को कहानी जस्तै छ। जबसम्म हामीलाई corona लाग्दैन या हाम्रो परिवरलाई कोरोना हुदैन तब सम्म हामीलाई तिषमारखान बनी हिड्न मज़्ज़ा आउछ।
कोरोनाले मात्र तपाईलाई होइन पूरा समाजलाई ख़तरा छ। यदि डॉक्टर र सरकारले घरमै बस्न आग्रह गर्छन भने हामीलाई घरमै बस्नु नै बुद्धिमानी हो।बाहिर उफ्रेर आफु समेत हामी आफ्नो समाजलाई खतरामा धकेल्दै छौ।

By,
अभिजीत चौधरी

No comments:

Post a Comment