काश तिम्रो असमानता
तिम्रो समानताको डोरिमा
बाँधेको भये प्रभु
सायद यो संसार तिमीलाई
पक्षपाती भन्थिएन होला
भेदभाव को पराकाष्ठा र उपमा
दिन्थियेन होला
हे देव !
मलाई थाहा छ
केहि न केहि कतै न कतै
सायद यसमा पनि तिम्रो कुनै खेला होला
हामीलाई सताउने हामीलाई अल्झाउने
यो असमान समाजिकताबाट
हामीलाई बिउझाउने
तिम्रै लीला होला...
©अभिजीत आनन्द
0 comments:
Post a Comment